• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जेलन्सकी टर्की पुग्दा पुटिन भने मस्कोमा नै


  • धनकुटा खबर
  • .

काठमाडौं, १ जेठ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका भोलोडिमिर जेलेन्स्कीले भाग लिनको लागि आह्वान गरे पनि बिहीबार इस्तानबुलमा युक्रेनमा युद्ध सम्बन्धी शान्ति वार्तामा उपस्थित नहुने भएको छ ।

पुटिन नजाने भए पछि रुसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने भएका छन ।

 

क्रेमलिनको विज्ञप्ति अनुसार अब मेडिन्सिकीले रूसको तर्फवाट जेलेन्सकीसँग टर्कीमा बार्तामा गर्नेछन ।

 

जेलेन्स्कीले पहिले नै भनेका थिए कि उनी वार्तामा उपस्थित हुनेछन् । रुसी राष्ट्रपतिले राजी भएमा पुटिनलाई व्यक्तिगत रूपमा भेट्नेछन्, र उनले आमने सामने बैठक सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका थिए।

जेलेन्स्कीले राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भेट्न बिहीबार टर्कीको राजधानी अंकारामा हुनेछन् तर  रुससँग इस्तानबुलमा हुने प्रत्यक्ष वार्तामा भाग लिने बताए पनि उनी पुटिन सहभागी भएमा मात्रै बार्तामा उपस्थित हुनेछन् ।

 

‘म रुसबाट को आउँछन् भनेर हेर्न पर्खिरहेको छु र त्यसपछि म युक्रेनले कुन कदम चाल्ने निर्णय गर्नेछु। अहिलेसम्म मिडियामा उनीहरूबाट आएका संकेतहरू अविश्वासी छन्,’ उनले बुधबार आफ्नो रात्रि भिडियो सम्बोधनमा भनेका छन ।

 

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि व्यक्तिगत रूपमा अहिले भेटेका छैनन्। रूस र युक्रेनले पछिल्लो पटक मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता भएको थियो ।

 

त्यसयता युक्रेनमा युद्ध चर्किएको छ । रुसी सेनाले बिस्तारै युक्रेनको पूर्वी भागमा गत वर्ष आफ्नो नियन्त्रणमा रहेको क्षेत्र विस्तार गरेको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖