पाकिस्तानकी चर्चित सामाजिक सञ्जाल प्रभावकर्ता (टिकटक स्टार) सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको छ।
घटना इस्लामावादको जी-१३ क्षेत्रमा भएको हो। आक्रमणकारीले गोली प्रहार गरेलगत्तै फरार भएका थिए। पछि उनलाई पक्राउ गरिएको छ।
सञ्चारमाध्यमका अनुसार, २ जुनमा सना आफ्नो १७औं जन्मदिन मनाइरहेकी थिइन्। सोही दिन एक व्यक्ति आफन्त बनेर उनको घरमा प्रवेश गरेको थिए। प्रहरीका अनुसार, आरोपीले सुरुमा सनासँग घरबाहिर केहीबेर कुराकानी गरेका थिए र त्यसपछि घरभित्र पसेर गोली चलाएका थिए ।
सनालाई निकै नजिकबाट दुई गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
