• Monday 5th of October 2026

महिला सेलिब्रेटीको ट्याटु मोह : रोजाइ गोप्य अंग


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली फिल्मी क्षेत्र र सांगीतिक क्षेत्रका अधिकांश चलेका कलाकारहरूमा ट्याटु मोह देखिन्छ। त्यसमा पनि उनीहरूले ट्याटु खोप्नका लागि गोप्य अंग नै रोजेको पाइन्छ।

यसरी ट्याटु खोप्नुमा कसैलाई चर्चाको मोह हुन्छ। कसैले रहरले नै खोपेका हुन्छन्।

नेपालमा ट्याटु खोप्ने चलन नयाँ होइन। पहिलेदेखिकै परम्परा हो। धार्मिक विश्वासका आधारमा पनि केही समुदायमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने परम्परा थियो। जुन कतिपय समुदायमा अहिले पनि कायम छ।

अहिले भने कलाकारहरूले परम्पराको रुपमा नभइ रहरको रुपमा ट्याटु खोप्ने गरेका छन्। रहरले ट्याटु खोप्ने प्रवृत्तिलाई फेसनकै रुपमा विकास गरिदिएको छ।

कुन सेलिब्रेटीको ट्याटु कता ?

करिश्माको छातीमा लालीगुराँस

करिश्मा मानन्धर सदाबहार नायिका हुन्। ट्याटुको सौखिन् सेलिब्रेटी खोज्ने हो भने करिश्माको नाम पनि अग्रपंक्तीमा आउँछ।

करिश्माले दुई दशकअघि नै आफ्नो छातीको बायाँ भागमा नेपालको राष्ट्रिय फूल ‘लागिगुराँस’ अंकित ट्याटु खोपेकी छन्। उनको ट्याटु दुई दशकदेखि चर्चामा नै छ। बायाँ छातीमा स्तन नजिकै खोपिएको उक्त ट्याटुले धेरैको ध्यान तान्ने गर्छ।

विभिन्न कार्यक्रममा सरिक हुँदा करिश्मा अहिले पनि उक्त ट्याटु हल्का देखिने पहिरनमा पुगिरहेकी हुन्छिन्। जसले धेरैको ध्यान तान्नुका साथै उनको सौन्दर्यको चर्चा गरिरहेका हुन्छन्।

प्रियंकाका चार ट्याटु

नायिका प्रियंका कार्की पनि ट्याटु मोहमा अग्रपंक्तीमा नै छिन्। उनले त झनै शरीरका विभिन्न चार स्थानमा ट्याटु खोपेकी छन्।

प्रियंकाको एउटा ट्याटु दाहिने हातको पाखुरामा देख्न सकिन्छ। जुन एक दशक पहिले अमेरिकामा खोपिएको ट्याटु हो। उक्त ट्याटुमा मर्मेडको आकृति अंकित छ। जसमा मर्मेडको हात आकाशतिर फैलिएको छ।

उनको दोस्रो ट्याटु कोखा र छातीको बीचमा छ। जसमा डिज्नीको एउटा भनाइ कुँदिएको छ। उक्त ट्याटुमा लेखिएको छ, ‘अ ड्रिम इज अ विस युर हार्ट मेक।’

उनको अर्को ट्याटु दाहिने खुट्टामा छ। उक्त ट्याटु डान्स अंकित छ। यस्तै उनको चौथो ट्याटु गर्धनमा छ। जुन आयुषमान देशराजसँग उनको इन्गेजमेन्ट भएपछि खोपाइएको हो। उक्त ट्याटुमा आयुषमान र प्रियंका नाम जोडेर ‘आयंका’ लेखिएको छ। जुन ट्याटुले केही समय पहिले निकै चर्चासमेत पाएको थियो।

सुष्माको स्तनमा गुलाब

अभिनेत्री सुष्मा कार्की पनि ट्याटुले एक समय निकै चर्चामा थिइन्। उनको बायाँ स्तनमा खोपिएको गुलाबको फूल आकृतिको ट्याटु सधै चर्चामा रह्यो।

उनी पनि कुनै सभा समारोहमा जाँदा उक्त ट्याटुलाई देखिनेगरि नै पोषाक लगाइरहेकी हुन्छन्। ट्याटुले आकर्षक देखाउँछ भन्ने मान्यता राख्ने सुष्माले ट्याटुमार्फत नै धेरैको ध्यान आफूतर्फ खिचिरहेकी हुन्छन्। सुष्मा बिना हिचकिचाहट उक्त ट्याटुलाई देखाइरहेकी हुन्छन्।

शुभेच्छाको छातीमा नेपालको झन्डा

ट्याटु सोखिनमा अभिनेत्री शुभेच्छा थापा पनि देखिएकी छन्। अभिनेत्री शुभेच्छा थापाले आफ्नो छातीमा नेपालको दुईवटा झन्डाको क्रस खोपाएकी छिन्।

जसको मुनी लेखिएको छ ‘आइलभ नेपाल’। उनलाई ट्याटुको बारेमा सोधिने प्रश्नमा शुभेच्छाले मातृभूमिप्रतिको माया र आस्थाले राष्ट्रिय झन्डा अंकित ट्याटु खोपेको बताउँदै आएकी छन्।

साम्राज्ञीको स्तन मुनी ट्याटु

पछिल्लो समयकी चर्चित एवम् अत्याधिक रुचाइएकी नायिकामा पर्छन् साम्राज्ञी राज्यलक्ष्मी शाह। उनको लुकदेखि अभिनयलाई मन पराउने फ्यान फलोवरको संख्या ठूलो छ। यी चर्चित नायिका पनि ट्याटुकी सोखिन देखिएकी छन्। उनको स्तनको तल्लो भागमा खोपिएको ट्याटुले कुनै समय चर्चा मात्र कमाएन, उनलाई विवादितसमेत बनायो।

उनले ‘कायरा’ फिल्म सुटिङको क्रममा उक्त ट्याटु खोपेको बताइन्छ। तस्बिरमार्फत सार्वजनिक भएको उक्त ट्याटुमा केही लेखिएको छ। तर, तस्बिर मार्फत सार्वजनिक भएकाले उक्त ट्याटुमा के लेखिएको छ कसैलाई थाहा छैन।

गायिका लक्ष्मीको स्तनमा ॐ

पछिल्लो समय केही फोटो सुट र हट लुकका कारण गायिका एवम् मोडल लक्ष्मी आचार्य चर्चामा छिन्। ‘तिम्रो अंगालोमा मुटु जल्छ मेरो’ बोलको गीतबाट चर्चामा आएकी आचार्यले आफ्नो स्तनमा ॐ अंकित ट्याटु खोपेकी छन्। उनी उक्त ट्याटुकै कारण बेला–बेला चर्चामा आउने गर्छिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖