• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उत्तराखण्डपछि हिमाचलमा बादल फाट्यो, कैलाश यात्रा रोकियो


  • धनकुटा खबर
  • .

कन्नौर। मनसुनी वर्षाले भारतको पहाड क्षेत्रमा विपत्ति निम्ताइरहेको छ। हिमाचल प्रदेशको किन्नौरको टाङ्लिङमा बुधबार बादल फुट्दा बाढी जस्तो अवस्था सिर्जना भएको हो।

घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा पहाडबाट ढुङ्गा र भग्नावशेषको बाढी तलको सडकमा खसेको देख्न सकिन्छ। अचानक आएको बाढीका कारण किन्नौर कैलाश यात्रा जाने बाटो नराम्ररी क्षतिग्रस्त भएको छ ।

यसका कारण यात्रा स्थगित गर्नुपरेको छ भने धेरै श्रद्धालुहरू अलपत्र परेका छन्। भारत(तिब्बती सीमा प्रहरी टोलीले डोरीको मद्दतले ४१३ तीर्थयात्रीहरूको उद्धार गरेको छ। मंगलबार राति हिमाचलको चण्डीगढ(मनाली राष्ट्रिय राजमार्गमा पनि पहिरो गएको छ। सडकमा ठूला ढुङ्गा खसेका कारण राज्यका ५०० भन्दा बढी सडकहरू बन्द छन्। सिमला, मन्डी, सोलन र कुल्लु जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन्।

यसअघि मंगलबार उत्तराखण्डको धराली गाउँमा बादल फुटेर ठूलो क्षति भएको थियो। यसमा ४ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी बेपत्ता छन्। कर्णप्रयागमा पहिरो गएपछि बद्रीनाथ राष्ट्रिय राजमार्ग बन्द भएको थियो। हरिद्वार(देहरादुन रेलमा ढुङ्गा खसेपछि रेल सञ्चालन रोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖