• Monday 5th of October 2026

डुबुल्की मार्दा झल्किएको मलिनाको ग्ल्यामरस अवतार


  • धनकुटा खबर
  • .

काठमाडौं- पूर्वमिस नेपाल, मोडल तथा अभिनेत्री मलिना जोशी पछिल्ला वर्षहरूमा धार्मिक तथा आध्यात्मिक यात्रामा सक्रिय देखिएकी छन्।

यस वर्ष मात्रै उनले भारतको प्रयागराजमा आयोजित महाकुम्भमा सहभागिता जनाइन् । त्यसयता उनले नेपाल र भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्दै आएका क्षणहरू सामाजिक सञ्जालमार्फत प्रशंसकहरूसँग बाँड्दै आएकी छन्।

शुक्रबार मलिनाले आफ्नो साउने व्रतको झलक देखाउने नयाँ तस्वीर सार्वजनिक गरेकी छिन्। ‘‘सावन बितो जाए पहरवा, मन मेरा घबराए रे’’ भन्ने क्याप्सनसहित पोस्ट गरिएको उक्त तस्वीरमा उनी सारी लगाएर पानीमा डुबुल्की मारिरहेकी देखिन्छिन्।

‘मस्ट एलिजिबल ब्याचलर’ सूचीमा पर्ने मलिना पछिल्लो पटक चलचित्र ‘छक्कापञ्जा ४’मा देखिएकी थिइन्। उनका ‘ऋतु’, ‘द विनर’, ‘झुम्की’ र ‘रानी’ जस्ता अन्य चर्चित चलचित्र पनि छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖