• Sunday 4th of October 2026

अब रोबोटले बच्चा जन्माउने


  • धनकुटा खबर
  • .

चीन – सिंगापुरको नान्याङ टेक्नोलोजिकल विश्वविद्यालयका डा. झाङ किफेङको नेतृत्वमा मानवोइड रोबोटले गर्भधारण र बच्चा जन्माउने प्रविधि विकास भइरहेको छ।

यो प्रविधिमा रोबोटको पेटभित्र कृत्रिम गर्भाशय स्थापना गरिनेछ, जसले भ्रूणलाई प्राकृतिक गर्भाशय जस्तै पोषण र सुरक्षा प्रदान गर्नेछ। अध्ययनले गर्भधारणदेखि प्रसवसम्मको प्रक्रिया रोबोटमार्फत सहज बनाउने लक्ष्य राखेको छ।

डा. झाङले केही वर्षअघि सफलतापूर्वक कृत्रिम ‘बायोब्याग’मा समयपूर्व जन्मिएका बच्चाहरू हुर्काएको जानकारी दिएका छन्। यस प्रविधि अगामी वर्षसम्म प्रोटोटाइप तयार गर्ने तयारीमा छ।

यो प्रविधिको लागत करिब १ लाख युआन अर्थात् १३ लाख नेपाली रुपैयाँ अनुमान गरिएको छ। सामाजिक र कानुनी दृष्टिले यसको प्रभाव कस्तो पर्नेछ भन्ने विषयमा ग्वाङ्डोङ प्रान्तको सरकारले नीति निर्माणका लागि छलफल सुरु गरेको छ।

प्रविधि मानव जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउने आशा गरिएको छ भने यसले धेरै नैतिक र सामाजिक प्रश्नहरू पनि उठाउन सक्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖