• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गाजामा युद्धविराम गर्न हमास सहमत, बाँकी ५० बन्धक रिहा गर्ने


  • धनकुटा खबर
  • .

प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको छ।

प्यालेस्टिनी समूहको एक स्रोतले यो कुरा पुष्टि गरेको बीबीसीले जनाएको छ।

इजिप्ट र कतारको यो प्रस्ताव जुनमा अमेरिकी राजदूत स्टिभ विटकफले दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ।

यस योजनाअनुसार, पहिले ६० दिनको युद्धविराम लागु गरिनेछ। यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ। यीमध्ये २० जना जीवित हुने अपेक्षा गरिएको छ।

यसपछि स्थायी युद्धविरामबारे वार्ता अगाडि बढ्नेछ।

यद्यपि यस विषयमा इजरायलबाट अझै प्रतिक्रिया आएको छैन।

गत हप्ता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘सबै बन्धकलाई एकैचोटि रिहा गरियो भने’ मात्र देशले कुनै सम्झौता स्वीकार गर्ने बतएका थिए।

हमासले सहमति जनाएको खबरबीच जारी भिडिओमा नेतन्याहुले कुनै प्रत्यक्ष टिप्पणी गरेनन्।

उनले यति मात्र भनेका छन्, ‘यसले तपाईंलाई एउटा महसुस गराउँछ- हमास धेरै दबाबमा छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖