• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इजरायलले सुरु गर्यो गाजा नियन्त्रणका लागि कारबाही


  • धनकुटा खबर
  • .

इजरायली सेनाले गाजा शहर कब्जा गर्न कारबाही सुरु गरेको छ, जसले बाहिरी इलाकामा नियन्त्रण जमाएको छ।

रक्षामन्त्रीको अनुमोदनपछि सेना जैतुन र जबालिया क्षेत्रमा तैनाथ भएको छ, र यस हप्ता सुरक्षा परिषद्मा प्रस्तुत गरिनेछ।

प्यालेस्टिनी नागरिकमा पर्ने प्रभावका कारण अन्तर्राष्ट्रिय विरोधका बाबजुद इजरायलले आफ्नो कारबाही जारी राखेको छ।

इजरायली सेनाले गाजा शहर कब्जा र नियन्त्रण गर्ने योजनाको एक भागको रूपमा कारबाही सुरु भएको बताएको छ।

सेनाका अनुसार गाजा शहरको बाहिरी इलाकामा पहिले नै नियन्त्रण प्राप्त गरिसकिएको छ। सैन्य प्रवक्ताका अनुसार, हाल कब्जाको तयारीका लागि जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू तैनाथ छन्।

यो सैन्य कारबाहीलाई रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए भने यसलाई यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ।

यो कदमपछि प्यालेस्टिनी नागरिकहरूमा पर्ने प्रभावका कारण इजरायलले कडा अन्तर्राष्ट्रिय विरोधको सामना गरिरहेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा बाधा पुर्‍याएको र ‘निर्दोष नागरिकहरू विरुद्ध बर्बर युद्ध जारी राखेको’ आरोप लगाएको छ। यद्यपि विश्वव्यापी आलोचनाका बिच इजरायलले आफ्नो कारबाहि चलाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖