• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको घरमा खानतलासी


  • धनकुटा खबर
  • .

अमेरिकाको गुप्तचर निकाय एफबीआईले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको घरमा खानतलासी गरिरहेको छ।

स्थानीय समयअनुसार बिहान ७ बजे एफबीआई एजेन्ट मेरिल्यान्डस्थित उनको घरमा प्रवेश गरेको देखिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा बोल्टन राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। तर पछि उनी ट्रम्पका कट्टर आलोचक बने।

उनले ‘ट्रम्प राष्ट्रपति बन्न योग्य छैनन्’ भनेर पनि भने।

आज बिहान एफबीआई निर्देशक कास पटेलले कसैको नाम नलिई एक्समा पोस्ट गरे, ‘कानुनभन्दा माथि कोही पनि छैन। एफबीआई एजेन्टहरू आफ्नो मिसनमा संलग्न छन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖