• Sunday 4th of October 2026

सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल


  • धनकुटा खबर
  • .

एनसेल आजियाटा लिमिटेडले सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आफ्नो इन्टरनेट सेवामार्फत यस्ता सञ्जाल नचल्ने व्यवस्था गर्ने जानकारी दिएको हो।
‘सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको भदौ ९ गतेको र सञ्चार मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार दर्ता नभएका प्लेटफर्म बन्द गरिएको छ,’ एनसेलले सूचना जारी गर्दै भनेको छ।

कम्पनीले यसबाट हुने असुविधाप्रति क्षमायाचना पनि गरेको छ।

टिकटक र भाइबरसहित नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल भने एनसेलको इन्टरनेटमार्फत सामान्य रूपमा चल्ने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖