इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयमा प्राविधिक पक्षको संवेदनशीलता नबुझिएको बताए।
उनका अनुसार, युट्युब ब्लक गर्दा एउटै आईपी प्रयोग भएको खण्डमा जिमेलसमेत बन्द हुने जोखिम छ, जसको असर इन्टरनेट मात्र होइन, प्रयोगमा रहेका फोन सेवामा पनि पर्न सक्छ।
