• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विश्वकै पहिलो एआई मन्त्री, भ्रष्टाचार अन्त्य गर्ने दाबी


  • धनकुटा खबर
  • .

अल्बेनियामा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। यो कृत्रिम बुद्धिमत्ता सम्बन्धी मन्त्रालय नभएर एआईबाटै बनेको मन्त्री हो।

अल्बेनियाका प्रधानमन्त्री एडी रामाले सार्वजनिक खरिद विभागका लागि एआई मन्त्री बनाएका हुन्। यो भर्चुअल मन्त्रीको नाम डिएला हो। अल्बेनियाली भाषामा डिएलाको अर्थ सूर्य हुन्छ।

यो कदम प्रतीकात्मक मात्र हो। अल्बेनियाको संविधानअनुसार मन्त्री बन्न कम्तीमा १८ वर्ष उमेर पुगेको मानसिक रूपमा सक्षम नागरिक हुनुपर्छ।

तर एआई मन्त्री नियुक्त गर्दा फाइदा पनि देखिन्छ। एआई मन्त्रीले देशलाई भ्रष्टाचारमुक्त, छिटो, दक्ष र पारदर्शी बनाउने दाबी गरिएको छ। यसले खर्च दुरुपयोग वा अनियमितता रोक्ने बताइएको छ।

प्रधानमन्त्री रामाले डिएलालाई सार्वजनिक खरिद मन्त्रीको रूपमा प्रस्तुत गर्दै भने,ʻअब अल्बेनिया १०० प्रतिशत भ्रष्टाचारमुक्त सार्वजनिक टेण्डर हुने देश बन्नेछ।ʼ

उनले एआई सञ्चालित भर्चुअल असिस्टेन्टको रूपमा नागरिकलाई सरकारी कागजात लिन मार्गदर्शन गरिरहेकी छन्।

विपक्षी डेमोक्र्याटिक पार्टीले यसलाई हास्यास्पद र असंवैधानिक भनेको छ। भ्रष्टाचारविरोधी विज्ञहरू पनि एआई प्रयोग लाभकारी हुन सक्ने बताउँछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖