• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हमासले दुई जनाको शव रेडक्रसलाई बुझायो : इजरायली सेना


  • धनकुटा खबर
  • .

काठमाडौं । हमासले गाजामा रहेका दुई मृत बन्धकको शव अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी)लाई बुझाएको छ ।

नेपालका विपिन जोशीसहित ४ जनामध्ये २ जनाको शव रेडक्रस प्रतिनिधिले प्राप्त गरेको इजरायली सेना (आईडीएफ) ले जनाएको छ ।

आईडीएफ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हमासले दुई जनाको शव रहेको कफिन रेड क्रसलाई बुझाएको छ, र ती शवहरू अहिले गाजामा रहेका आईडीएफ र र शिन बेटका टोली भएको स्थानतर्फ ल्याइँदैछ ।’

त्यसपछि थप दुई बन्धकका शव पनि रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

तर आईडीएफले ती शवको पहिचान भने खुलाएको छैन ।

यसअघि हमासको सैन्य विङले चार जना बन्धकका शव फिर्ता गरिने बताउँदै ती व्यक्तिहरूको नाम सार्वजनिक गरेको थियो ।\

जसमा नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायली नागरिकहरू योसी शाराबी, गाइ इलुज, र सैनिक ड्यानियल पेरेट्जको नाम थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖