• Sunday 4th of October 2026

च्याटजीपीटीमा चाँडै वयस्क प्रयोगकर्ताका लागि ‘वयस्क’ सामाग्री पाइने


  • धनकुटा खबर
  • .

न्युयोर्क । ओपेनएआईका प्रमुख साम अल्टम्यानले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीमा इरोटिकासहित फराकिलो दायराको सामग्रीलाई अनुमति दिने योजना सार्वजनिक गरेका छन्। उनका अनुसार कम्पनीले ‘वयस्क प्रयोगकर्तालाई वयस्कसरह व्यवहार’ गर्नेछ।

मङ्गलबार एक्समा पोस्ट गर्दै अल्टम्यानले आगामी संस्करणहरूले च्याटबटलाई ‘मानव-जस्तै’ व्यवहार गर्न सक्षम बनाउने बताए। यो कदमले ओपेनएआईलाई थप भुक्तानी गर्ने ग्राहकहरू आकर्षित गर्न मद्दत गर्न सक्छ, तर यसले च्याटबटहरूमाथि कडा प्रतिबन्ध लगाउन कानुन निर्माताहरूमाथि दबाब बढाउने सम्भावना छ।

यो परिवर्तन यस्तो समयमा आएको छ, जब यस वर्षको सुरुमा एक अमेरिकी किशोरको आत्महत्यापछि कम्पनीमाथि मृत्युको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो। मृतकका बाबुआमाले कम्पनीको प्यारेन्टल नियन्त्रण पर्याप्त नभएको भन्दै आलोचना गरेका थिए।

अल्टम्यानले मानसिक स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न नयाँ उपकरणहरू तयार भएकाले अब ‘अधिकांश अवस्थामा प्रतिबन्धहरू सुरक्षित रूपमा खुकुलो पार्न’ सकिने बताए।

डिसेम्बरमा उमेर प्रमाणीकरण पूर्ण रूपमा लागू गरिएपछि प्रमाणित वयस्कहरूका लागि ‘इरोटिका’लाई अनुमति दिइने उनले बताएका छन्।
आलोचकहरूले ओपेनएआईको यो निर्णयले सङ्घीय र राज्य स्तरमा थप नियमनको आवश्यकता देखाएको बताएका छन् । विशेषगरी बालबालिकाको पहुँच कसरी रोकिन्छ भन्ने विषयमा चिन्ता व्यक्त गरिएको छ।
बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖