• Monday 5th of October 2026

असरानीको निधनपछि अक्षय डिप्रेसनमा


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउडका दिग्गज अभिनेता असरानीको लामो बिमारीपछि सोमबार निधन भएको छ। पाँच दशकभन्दा बढी समयको करियरमा उनले ३५० भन्दा बढी चलचित्रमा काम गरेका छन्।

असरानीसँग ‘हेरा फेरी’ र ‘भूल भुलैया’ जस्ता सफल फिल्ममा काम गरिसकेका अभिनेता अक्षय कुमार उनको निधनपछि डिप्रेसनमा रहेको खुलासा निर्देशक प्रियदर्शनले हालै एक अन्तर्वार्तामा गरेका छन्।

प्रियदर्शनले न्यूज १८ लाई दिएको अन्तर्वार्तामा बताएअनुसार असरानीको निधनले अक्षय कुमार निकै प्रभावित भएका छन्। अक्षयले प्रियदर्शनलाई दुई पटक फोन गरेर आफू डिप्रेसनमा रहेको महसुस भएको बताएका थिए, किनकि उनी पछिल्लो ४०-४५ दिनदेखि असरानीसँग प्रियदर्शनकै निर्देशनमा बनिरहेका दुई चलचित्र ‘हैवान’ र ‘भूत बंगला’ मा काम गरिरहेका थिए।

प्रियदर्शनले असरानी एक महान् अभिनेता भएको र उनले आफूलाई कहिल्यै नक्कली नदेखाई सधैँ हँसाउने गरेको बताए। उनले अक्षयलाई सधैँ राम्रो सल्लाह दिने गरेको पनि स्मरण गरे।

यसअघि, असरानीको निधनको खबर पाएपछि अक्षय कुमारले सामाजिक सञ्जालमा भावुक श्रद्धाञ्जली दिँदै लेखेका थिए, ‘असरानीजीको निधनको खबर सुनेर स्तब्ध छु। मात्र एक हप्ताअघि मात्रै हामी ‘हैवान’को सुटिङमा भेटेर अंकमाल गरेका थियौँ। उहाँ धेरै प्यारा मानिस हुनुहुन्थ्यो, उहाँको कमिक टाइमिङ साँच्चै लाजवाब थियो।’ उनले यो उद्योगका लागि ठूलो क्षति भएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖