भारतको राजधानी दिल्लीमा प्रदूषण नियन्त्रणका लागि गरिएको कृत्रिम वर्षा (क्लाउड सिडिङ) को तीनै प्रयास असफल भएको छ।
आईआईटी कानपुर र दिल्ली सरकारले गरेको ३ वटा परीक्षण आद्रताको कमीका कारण असफल भएका हुन्। वर्षा गराउनका लागि कम्तीमा ५०% आद्रता आवश्यक हुन्छ, तर परीक्षणका बेला केवल १०-२०% मात्र थियो।
३ प्रयासमै दिल्ली सरकारले करिब १ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ, तर एक थोपा पानी पनि परेन।
यद्यपि वैज्ञानिकहरूले यसले हावामा रहेको धुलो (PM) मा थोरै कमी ल्याएको दाबी गरेका छन्। विज्ञहरूले भने यस्तो उपाय दीर्घकालीन समाधान नभएको र प्रदूषण नियन्त्रणका वास्तविक उपाय जमिनमै खोजिनुपर्ने बताएका छन्।
