• Monday 5th of October 2026

पेट भरेर खान दिनुभयो, बस्न दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद :गायिका एलिना चौहान


  • धनकुटा खबर
  • .

गायिका एलेना चौहानले एक कार्यक्रममा आयोजक पक्षप्रति असन्तुष्टि जनाएकी छन्। उनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै जिम्मेवारी पूरा नगरेको र अमर्यादित गतिविधि भएको बताएकी हुन्।

चौहानले लेखेकी छन्, “मेरो आपत्ति आयोजक पक्षसँग हो — जिम्मेवारी पूरा नगरेको र अमर्यादित गतिविधि भएको विषयमा।”

तर उनले सो कार्यक्रममा आमन्त्रित घरपरिवार र दर्शकप्रति आभार व्यक्त गरेकी छन्। “तपाईंहरू त कलाकारलाई माया गर्ने मान्छे, हामीलाई पनि माया र सम्मान दिनुभयो, त्यसका लागि कुनै गुनासो छैन,” उनले लेखेकी छन्।

एलेनाले अन्त्यमा थपेकी छन्, “पेट भरेर खान दिनुभयो, बस्न दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद।”

उनको यो पोस्टपछि सामाजिक सञ्जालमा धेरैले कलाकारप्रति सम्मान र व्यवस्थापनको जिम्मेवारीबारे पुनर्विचार गर्न आयोजकहरूलाई सुझाव दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖