• Monday 5th of October 2026

सन्दीप जोरा बने हङकङ सिक्सेसको उत्कृष्ट ब्याटर


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली ब्याटर सन्दीप जोरा हालै सम्पन्न हङकङ सिक्सेस प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले ५ खेलमा सर्वाधिक १७६ रन बनाउन सफल भएका हुन् ।

सन्दीपले ८८ को औसतले रन बनाउँदै एक अर्धशतक पनि बनाएका थिए । उनको स्ट्राइक रेट ३५२ रहेको थियो । उनले यस क्रममा ७ चौका र प्रतियोगिताकै सर्वाधिक २३ छक्का प्रहार गरे ।

पाकिस्तानले जितेको प्रतियोगितामा नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित हुनपुग्यो ।

तेस्रो खेलमा श्रीलङ्कासँग ३ विकेटले स्तब्ध भएको नेपालले भारतलाई भने कीर्तिमानी ९२ रनले हराउन सफल भएको थियो ।

त्यस्तै, मोहमद आदिल आलम सबैभन्दा धेरै क्याच लिने खेलाडी बनेका छन् । उनले प्रतियोगितामा ७ वटा क्याच लिएका थिए । त्यस्तै नेपालकै रासिद खानले सर्वाधिक ९ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖