भारतीय वायुसेनाको ‘पिलाटस PC–7’ प्रशिक्षण विमान चेन्नईको चेङ्गालपट्टु जिल्लास्थित ताम्बरम नजिक बिहीबार दुर्घटनाग्रस्त भएको छ। नियमित प्रशिक्षण उडानका क्रममा विमान अचानक खसेपछि पाइलटले समयमै इजेक्ट गर्दै आफूलाई सुरक्षित बचाउन सफल भएको भारतीय मिडियाले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा दुर्घटनास्थलवरिपरि विमानका टुक्रा छरिएका देखिन्छन्। घटना भएको स्थानमा स्थानीयहरू ठूलो संख्यामा पुगेको दृश्य पनि देखिएको छ।
भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गर्दै कुनै जनधनको क्षति नभएको जानकारी दियो। “PC–7 Mk II प्रशिक्षण विमान आज करिब १४:२५ बजे ताम्बरम नजिक दुर्घटनाग्रस्त भएको हो। पाइलट सुरक्षित रूपमा इजेक्ट हुन सफल भएका छन्, नागरिक क्षेत्रमा कुनै क्षति रिपोर्ट गरिएको छैन,” वायुसेनाले X मार्फत जनाएको छ।
दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले कोर्ट अफ इन्क्वाइरी गठन गरेको छ।
