• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विहार विधानसभा निर्वाचनमा मोदीको गठबन्धनलाई दुई तिहाई


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको बिहार राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन ‘नेशनल डेमोक्रेटिक अलायन्स्’ (एनडिए)लाई दुई तिहाई बहुमत मिलेको छ ।

हिजो भएको मतगणनाको पछिल्लो परिणाम अनुसार एनडीएले कुल २४३ सिट मध्ये २ सय २ सिट जितेको छ । सामान्य बहुमतका लागि १२२ सिट भए पुग्नेमा भारतीय जनता पार्टी, जनता दल युनाइटेडलगाय दलहरु सम्मिलित एनडीएले चुनावी नतिजा बढारेको हो ।

अर्कातिर राष्ट्रिय जनता दल र कांग्रेस आई लगायत दलहरु सम्मिलित महागठबन्धनले ३५ सिट मात्रै जितेको छ । भारतीय प्रधनमनत्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ८९ सिटसहित विधानसभाको सबैभन्दा ठूलो दल बनेको छ ।

नितिश कुमारको जनता दल युनाइटेडले ८५ सिट जितेको छ । बिहारमा नितिशकुमार पुनः मुख्यमन्त्री बन्ने भने पक्का भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖