• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बेपत्ता मलेसिया एयरलाइन्सको विमानको खोजी पुनः सुरु हुने


  • धनकुटा खबर
  • .

क्वाललम्पुर । २ सय ३९ जना यात्रु बोकेको मलेसिया एयरलाइन्सको विमान एमएच३७० बेपत्ता भएको एक दशकभन्दा बढी समयपछि त्यसको भग्नावशेषको खोजी पुनः सुरु हुने भएको छ। मलेसियाका अधिकारीहरूले डिसेम्बर ३० बाट खोजी सुरु गरिने जानकारी दिएका हुन्।

यो नयाँ खोज अभियान ५५ दिनसम्म चल्नेछ। यो अभियान गत मार्चमा सुरु भए पनि खराब मौसमका कारण स्थगित भएको थियो। यातायात मन्त्रालयले बुधबार स्थानीय सञ्चारमाध्यमहरूलाई बताएअनुसार, ‘यो पछिल्लो प्रगतिले यस त्रासदीबाट प्रभावित परिवारहरूलाई निष्कर्षमा पुर्‍याउने मलेसियाको प्रतिबद्धतालाई जोड दिएको छ।’

सन् २०१४ मा क्वालालम्पुरबाट बेइजिङ जाँदै गरेको बोइङ ७७७ विमान एमएच३७० बेपत्ता भएपछि उड्डयन इतिहासकै सबैभन्दा ठुलो खोज सुरु भएको थियो।

अन्वेषण फर्म ओसन इन्फिनिटीले हालको खोजको नेतृत्व ‘नो फाइन्ड, नो फी’ (नभेटिए शुल्क नलाग्ने) सम्झौता अन्तर्गत गरिरहेको छ। यदि भग्नावशेष फेला परेमा यस फर्मले ७० मिलियन डलर प्राप्त गर्ने यातायात मन्त्री लोक सियु फुकले यसअघि बताएका थिए।

एमएच३७० उडान सन् २०१४ को मार्च ८ मा उडेको एक घण्टाभन्दा कम समयमै हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्कविहीन भएको थियो। यो अझै पनि उड्डयनको सबैभन्दा ठुलो रहस्यमध्ये एक हो।

‘भग्नावशेष फेला परेपछि मात्र जवाफ निश्चित हुन सक्छ,’ अनुसन्धानकर्ताहरूले सन् २०१८ मा भनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖