• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ड्रोन बनाउने कम्पनीको कार्यालय रहेको भवनमा आगलागी, २२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इन्डोनेशियाको राजधानी जाकार्तामा एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो राजधानी जकार्तामा एक साततले भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

आगलागी भएको भवन ड्रोन उत्पादन गर्ने जापानी कम्पनी टेरा ड्रोन कोअपरेसनको कार्यालय रहेको पनि बिबिसीले जनाएको छ।

आगलागी हुँदा त्यहाँका कर्मचारीहरू दिउँसोको खाजा खाइरहेका थिए भनेर जकार्ताका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कन्द्राले बताएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार पहिलो तल्लामा रहेको ब्याट्री विस्फोट भएपछि आगलागी सुरु भएको र केही मिनेटमै माथिल्लो तल्लातिर फैलिएको थियो।

प्रहरीका अनुसार मृतकमध्ये धेरैजसो महिला कर्मचारी छन्। जसमा एक गर्भवती महिला पनि परेकी छन्। अधिकांशको मृत्यु धुवाँका कारण श्वास रोकिनुले भएको आशंका गरिएको छ।

आगो नियन्त्रणका लागि दमकल विभागले २८ वटा सवारीसाधन र करिब १०० दमकलकर्मी परिचालन गरेको थियो।

आगो निभाइसकेपछि उद्धार टोलीले माथिल्ला तल्लाहरूमा विस्तृत खोजीकार्य जारी राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖