• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गाडी गुडिरहेको सडकमा विमानको आपतकालीन अवतरण, कार चालक घाइते


  • धनकुटा खबर
  • .

फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकमा एउटा विमान आपतकालीन अवतरण गरेको छ । मेरिट आइल्याण्ड नजिकै आई–९५ हाइवेमा स्थानीय समय अनुसार सोमबार साँझ ५ः ४५ बजे एउटा सानो विमानले आपतकालीन अवतरण गरेको हो ।

गाडी गुडिरहेकै समयमा विमान अवतरण गर्दा एउटा कारसँग ठोक्किएको र कार चालक घाइते भएको जनाइएको छ । बीचक्राफ्ट ५५ मोडलको उक्त विमानमा २७ वर्षीय पाइलट र उनका साथी सवार थिए ।

विमानको इन्जिनमा समस्या देखिएपछि हाइवेमै आपतकालीन अवतरण गराएको बताइएको छ । उक्त दुर्घटनामा विमान चालक र उनका साथी भने सकुशल छन् ।

दुर्घटनापछि केही घण्टा उक्त हाइवे बन्द गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖