• Monday 5th of October 2026

भाइरल बनेको अक्षय खन्नाको ‘धुरन्धर’ डान्समा आश्मा विश्वकर्माको ‘स्वाग’


  • धनकुटा खबर
  • .

काठमाडौँ । चर्चित नेपाली डान्सर आश्मा विश्वकर्मालाई यतिबेला ट्रेन्डिङले पछ्याउन छाडिरहेको छैन । यसअघि उनले रामचरणलाई चुनौती दिने गरि दक्षिण भारतीय फिल्म ‘पेड्डी’ मा समावेश गीत ‘चिक्री चिक्री’ माथि भाइरल भिडियो बनाएकी थिइन् ।

त्यो भिडियो नेपाल र भारतमा समेत यति चर्चित भयो कि, सामाजिक संजालमा करोडौंले उक्त भिडियो हेरेका छन् ।

यतिबेला, बलिउड फिल्म ‘धुरन्धर’को एक गीत भाइरल छ जसमा अक्षय खन्नाले केही डान्स स्टेप दिएका छन् । मुकेश खन्ना र रेखाको आइकोनिक गीतबाट प्रभावित उनको यो डान्स स्टेप फिल्मभित्र उनको इन्ट्री गीतको रुपमा प्रस्तुत छ ।

यो अरविक गीतको शब्द दर्शकले बुझ्दैनन् तर, यसको मीठास कम्पोज, लय र नृत्यले दर्शकको मन अवश्य जित्छ । यो गीत अहिले जतासुकै भाइरल छ । लाखौं टिकटक र रिल्स बनिरहेका छन् ।

बहराइनका र्‍यापर फ्लिप्पेराचीले गाएको अरबी ट्रयाक फालामा उक्त गीत आधारित छ ।

यस्तोमा, नेपाली डान्सर आश्माले अक्षय खन्नालाई चुनौती दिने गरि यो गीतमाथि भिडियो बनाएकी छन् । कालो पहिरन र चस्मामा सजिएकी आश्माले अक्षयको जस्तै स्वाग र स्टाइललाई फलो गरेकी छन् ।

विहिबार अपरान्ह सार्वजनिक गरिएको यो भिडियो पनि आकर्षक देखिन्छ । सेयर गरिएको केही घण्टामै यसलाई लाखौंले हेरेका छन् र सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖