• Sunday 4th of October 2026

सुत्दा कुन दिशामा सिरानी राख्ने?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली समाजमा घर बनाउँदा वा सामान राख्दा वास्तु शास्त्रलाई विशेष महत्त्व दिइने गरिन्छ। तर, सुत्ने बेला कुन दिशामा सिरानी राख्ने भन्ने कुरामा धेरैले ध्यान दिँदैनन्।

वास्तु शास्त्रका अनुसार सुत्ने दिशाले मानिसको भाग्य, मानसिक शान्ति र स्वास्थ्यमा ठूलो प्रभाव पार्छ। विशेषगरी पूर्व र दक्षिण दिशामा गोडा फर्काएर सुत्नुलाई निकै अशुभ मानिएको छ, जसले जीवनमा नकारात्मक ऊर्जा निम्त्याउन सक्छ।

वास्तु शास्त्रमा पूर्व दिशालाई देवताहरूको दिशा र सूर्योदयको केन्द्र मानिन्छ। पूर्वतर्फ गोडा फर्काएर सुत्दा सूर्य देव र अन्य देवताहरूको अनादर हुने धार्मिक विश्वास छ।

यसो गर्दा शुभ कार्यमा बाधा आउने, भाग्यले साथ नदिने र मनमा अशान्ति बढ्ने सम्भावना रहन्छ। त्यसैले पूर्व दिशामा गोडा राखेर सुत्नुलाई आध्यात्मिक र मानसिक दुवै दृष्टिकोणले हानिकारक मानिन्छ।

त्यस्तै, दक्षिण दिशालाई यमराजको दिशा र भारी दिशाका रूपमा चिनिन्छ। दक्षिणतर्फ गोडा फर्काएर सुत्दा घरमा नकारात्मक ऊर्जाको प्रभाव बढ्छ। यसले गर्दा आर्थिक संकट, मानसिक तनाव र बारम्बार आइपर्ने समस्याहरू झेल्नुपर्ने हुन सक्छ। प्रायः घरका मान्यजनहरूले पनि दक्षिणतर्फ गोडा फर्काएर नसुत्न सल्लाह दिने गर्छन्, किनकि यसले जीवनको प्रगतिमा अवरोध पुर्‍याउने र स्वास्थ्यमा खराब असर पार्ने विश्वास गरिन्छ।

वास्तु र धार्मिक मान्यता अनुसार सिरानी दक्षिण वा पूर्व दिशामा राखेर सुत्नु सबैभन्दा राम्रो हुन्छ। यसरी सुत्दा शरीरमा ऊर्जाको सन्तुलन कायम रहन्छ, जसले गर्दा गहिरो निद्रा लाग्ने र स्वास्थ्य राम्रो हुने गर्छ।

सही दिशामा सुत्ने बानीले मानिसको प्रगति र भाग्यमा सकारात्मक प्रभाव पार्ने भएकाले सुत्ने बेला दिशाको ख्याल गर्नु बुद्धिमानी हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖