• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

शक्तिशाली भूकम्प : देशभर धक्का महसुस


  • धनकुटा खबर
  • .

ताइपेई । ताइवानको उत्तरपूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार ७.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। ताइवानको प्रशासनका अनुसार यिलान सहरबाट करिब ३२ किलोमिटर टाढा समुद्रमा ७३ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

भूकम्पको धक्का राजधानी ताइपेईसहित टापुभरि महसुस गरिएको थियो, जसका कारण अग्ला भवनहरू निकै बेरसम्म हल्लिएका थिए। भूकम्प शक्तिशाली भए तापनि केन्द्रविन्दु जमिनभन्दा निकै गहिरो र समुद्रमा भएकाले ठुलो धनजनको क्षति भने हुन नपाएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।

सरकारका अनुसार केही स्थानमा ग्यास र पानीको पाइप फुट्ने तथा भवनहरूमा सामान्य क्षति पुग्ने बाहेक अन्य ठुलो दुर्घटना भएको छैन। यद्यपि, यिलान क्षेत्रका ३ हजारभन्दा बढी घरधुरीमा केही समय विद्युत् आपूर्ति बन्द भएको थियो। ताइवानको प्रमुख चिप निर्माता कम्पनी टीएसएमसीले आफ्ना केही प्लान्टबाट कर्मचारीहरूलाई सुरक्षित बाहिर निकाले पनि स्थिति सामान्य भएपछि उनीहरू काममा फर्किसकेका छन्।

ताइवानका राष्ट्रपति लाइ चिङ–तेले सामाजिक सञ्जालमार्फत स्थिति नियन्त्रणमा रहेको जानकारी दिँदै नागरिकहरूलाई सतर्क रहन अपिल गरेका छन्। प्रशासनले आगामी दिनमा ५.५ देखि ६.० रेक्टर स्केलसम्मका पराकम्पनहरू जान सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖