• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालेन र कुलमानका ५ समानुपातिक उम्मेदवार रास्वपाको बन्द सूचीबाट बाहिरिए


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा परेका ५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।

आगामी चुनावलाई लक्षित गरेर रास्वपामा भित्रिएका काठमाडौंका मेयर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङको कोटामा परेकाहरूले आफ्नो नाम फिर्ता लिएका हुन्।

अहिलेसम्म डा. महेन्द्र लावती, त्रिशाला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। लावती र गुरुङ कुलमान कोटाबाट रास्वपाको बन्दसूचीमा परेका हुन् भने तीन जना बालेन कोटाका हुन्।

रास्वपामा समानुपातिक सूचीमा परेको नामलाई लिएर चर्को विवाद भइरहेको छ। सभापति रवि लामिछानेले आयोगले दिएको समयभित्र नाम सच्याउने बताइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖