• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यसरी भयो मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण


  • धनकुटा खबर
  • .

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ ।

अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए ।

न्युयोर्कमा अवतरण गरेको मादुरो सवार विमानसँग सम्बन्धित दृश्यहरु सार्वजनिक भएको छन् । जहाँ हल्का निलो रङको लुगा लगाएको एक व्यक्तिलाई दर्जनौँ सुरक्षा अधिकारीहरूले धावनमार्ग हुँदै अघि बढाइरहेको देखिन्छ ।

विमान धावनमार्गमा रोकिएसँगै उक्त क्षेत्र वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖