• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा केन्द्रीय समिति बैठक बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय समितिको आकस्मिक बैठक जारी रहेको छ ।

बैठकमा महामान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा महामन्त्रीद्वय शर्मा र थापा सहभागी नभएको बताइएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातैवटा प्रदेशका सभापतिहरुलाई बोलाइएको छ ।

विशेष महाधिवेशनको तयारीमा लागेका महामन्त्रीद्वय थापा र शर्माले भने केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् । कांग्रेसको विशेष महाधिवेशन भोलिदेखि (पुस २७ र २८) काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖