काठमाडौ । रास्वपा सभापति रवि लामिछानेसँगको वार्ता निष्कर्षविहीन भएपछि कुलमान घिसिङले एकता भंग र ‘उज्यालो नेपाल’ पुनः सक्रिय गर्ने घोषणा गर्न केन्द्रीय समिति बोलाएका थिए।
तर अन्तिम क्षणमा बैठक अचानक स्थगित गरियो र त्यसपछि कुनै औपचारिक सूचना आएको छैन। स्रोतका अनुसार अडान नछोड्न कुलमानमाथि पारिवारिक द’बाब तीव्र छ।
दाइ गणेश घिसिङ र भाइ अनिल घिसिङ उनको राजनीतिक यात्रामा निरन्तर साथमा छन्। रास्वपासँग एकता टुटेमा समानुपातिक बन्दसूची बुझाइसकेका दलहरूसँग तालमेल गर्ने रणनीतिमा कुलमान छन्।
आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उभ्याउँदै समानुपातिकमा अर्कै दललाई समर्थन गर्ने र प्रत्यक्ष निर्वाचन उज्यालो नेपालबाटै लड्ने तयारी गरेका छन्।
