कुलमान घिसिङ लक्षित गर्दै रास्वपाकी निशा डाँगीले लेखिन- झुट नबोलेको भए उत्तम हुने थियो ।
यो पनि…
काठमाडौँ । पूर्व जनमुक्ति सेनाका कमान्डर लक्ष्मी न्यौपाने ‘सरु’ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट निर्वाचन लड्न आग्रह गरेकी छन्।
उनले पूँजीवादको विकास भएको क्षेत्रबाट समाजवादी क्रान्तिको आधार तयार पार्नु क्रान्तिकारीहरूको अनिवार्य सर्त भएको उल्लेख गर्दै झापा जस्तो भोट संख्या धेरै र आर्थिक गतिविधि विकसित भएको क्षेत्र राजनीतिक रूपमा उपयुक्त हुने तर्क गरेकी छन्।
सरुले चुनौतीपूर्ण क्षेत्र छाडेर रुकुम पूर्व रोज्दा मूल नेतृत्व जनसंघर्षबाट अलग्गिने खतरा रहने बताइन्। “चुनौतीको चाङबाट नेतृत्व अलग्गिएर क्रान्ति अघि बढ्न सक्दैन,” उनले भनिन्।
उनका अनुसार समाजवादको आधार पूर्वी नेपाल हो भन्ने पार्टी डकुमेन्टको मर्म व्यवहारमा देखिन सकेको छैन। चुनावैपिच्छे अनुकूल क्षेत्र खोज्नु बाध्यता हुन सक्ने भए पनि जितका लागि मात्र स्थान परिवर्तन गर्नु भन्दा व्यवहारिक, वस्तुवादी र जनउत्तरदायी राजनीति आवश्यक रहेको उनको धारणा छ।
उनले पार्टी नेतृत्वलाई जनताको वास्तविक समस्या, वर्ग संघर्ष र राजनीतिक जिम्मेवारीलाई केन्द्रमा राखेर निर्णय गर्न आग्रह गरेकी छिन ।
