• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रिमा विश्वकर्माले दिइन् रास्वपामै रहने स्पष्ट संकेत


  • धनकुटा खबर
  • .

कुलमान अलग भएसँगै राजनीतिक तरंग बढिरहँदा, समानुपातिक सूचीमा रहेकी रिमा विश्वकर्माले भने रास्वपामै रहने स्पष्ट संकेत गरेकी छन्।

यो पनि…

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा आज र भोलि आयोजना हुने विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।

पार्टीको संस्थापन पक्ष सहभागी नरहने महाधिवेशनमा कुन–कुन केन्द्रीय नेता सहभागी हुन्छन् भन्ने आम चासोको विषयमा बनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नेतृत्व परिवर्तन गर्ने र नभए नीतिगत निर्णय गरेर महाधिवेशन टुंग्याउने रणनीतिसहित महाधिवेशनमा सहभागीता जनाउन आग्रह गरेका छन् ।

कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । कांग्रेसमा कुल ४ हजार ७३४ महाधिवेशन प्रतिनिधि छन् । महाधिवेशन उद्घाटनका लागि विभिन्न जिल्लाहरुबाट आएका प्रतिनिधिहरू बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलमा भेला भएर जुलुससहित भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता अहिले बिहान ८ बजेदेखि सुरु हुँदै छ । नाम दर्ताका लागि भृकुटीमण्डप मूल गेटसँगै स्टलहरूको व्यवस्था गरिएको छ। नाम दर्ताका लागि परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । महाधिवेशन प्रतिनिधिका लागि आयोजनास्थलमै खाना र नास्ताको व्यवस्था गरिएको छ ।

संस्थापन पक्षको असहमतिकाबीच आह्वान गरिएको विशेष महाधिवेशनबारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशानुसार भन्दै विज्ञप्तिमार्फत पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका नेताकार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको नयाँ मिति आउँदो वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरेको थियो । तर महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले यसमा असहमति जनाएर अघि बढेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖