• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवाको पद धरापमा…


  • धनकुटा खबर
  • .

काठमाडौ । आजदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा देशभरीबाट प्रतिनिधिहरु उपस्थिति बढ्दै गएको छ। विशेष महाधिवेशनस्थल काठमाडाैंकाे भृकुटीमण्डपमा प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति छ।

विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुको दर्ता सुरु भएको महाधिवशेन आयोजक समितिले जनाएको छ। महाविधेशनस्थलमा आइपुगेका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको नेतृत्व परिवर्तनमा जोड दिएका छन्।

अधिकाशं प्रतिनिधिहरुले पार्टीको नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन्। कांग्रेस अब शेरबहादुर देउवाकै नेतृत्वमा अगाडि बढ्न नसक्ने प्रतिनिधिहरुको भनाइ छ।

ताप्लेजुङबाट विशेष महाधिवशेनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि तिलप्रसाद सुब्बा कांग्रेसलाई रुपान्तरण गरी आम नागरिककोबीचमा जान पुस्तान्तरण गर्न पनि विशेष महाधिवेशनमा सहभागि भएको बताए।

त्यस्तै दैलेखबाट सहभागी महाधिवेशन प्रतिनिधि सुर्य बिकले कांग्रेसको नेतृत्व अब गगन थापालाई दिनु पर्ने भन्दै विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेर जनताको भरोषा जित्नु पर्ने बताए।

दुर्घटनामा परि घाइते अवस्थामा पनि महाधिवेशनमा सहभागी हुन काठमाडाैं आइपुगेका भएका झापा क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि खड्गबहादुर धिमालले कांग्रेसको नेतृत्व परिवर्तन नगरी जनतामा जानै नसकिने अवस्था रहेको बताए। उनले विशेष महाधिवेशनले नितिमात्रै होइन नेतृत्व नै परिवर्तन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖