• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा बन्दसूचीमा एक नम्बरमा उक्लिए रमेश प्रसाईँ, उज्यालोकी रिमा यथावत्


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो समानुपातिक बन्दसूचीमा केही हेरफेर गरेको छ । यसअघि पेश गरिएको सूचीलाई लिएर विभिन्न कोणबाट आलोचना भएका थिए ।

सूचीमा के के हेरफेर गरियो भनेर रास्वपाले औपचारिक जानकार दिएको छैन । स्रोतका अनुसार खस आर्य पुरुषतर्फ रमेश प्रसाईँ एक नम्बरमा उक्लिएका छन् ।

यसअघि पहिलो नम्बरमा रहेका रास्वपा सहमहामन्त्री विपिन आचार्यले आफ्नो नाम फिर्ता लिएपश्चात् प्रसाईँलाई पहिलो नम्बरमा उकालिएको रास्वपा स्रोतले बतायो । यससँगै प्रसाईँको आगामी प्रतिनिधिसभामा लगभग स्थान सुरक्षित भएको मानिएको छ ।

रास्वपाले गरेको प्राइमरी इलेक्सनमा प्रसाईँले सर्वाधिक मत ल्याएका थिए । यद्यपि, बन्दसूचीमा भने उनलाई पाँचौं प्राथमिकतामा झारियो । पार्टीभित्रका योग्य र लोकप्रिय उम्मेदवारलाई सांसद बन्न मुस्किल पर्ने गरी तल झारिएपछि रास्वपाभित्रै असन्तुष्टि बढेको थियो । अन्ततः रास्वपाले गल्ती सच्याएको हो ।

सूचीमा दोस्रो र तेस्रो नम्बरमा रहेका सचिन ढकाल र सुदीप ढकाल थिए । उनीहरू दुवैजना बालेनको कोटाबाट आएका हुन् । सचिन उमेरका कारण बन्दसूचीका लागि अयोग्य ठहरिए । सुदीप भने सूचीमा यथावत् छन् ।

उज्यालो नेपालको कोटाबाट सूचीमा १४ जना परेका थिए । उनीहरूमध्ये दलित महिला क्लस्टरमा रिमा विश्वकर्मा पहिलो स्थानमा रहेकी थिइन् । उनको नाम पहिलो स्थानमै यथावत् रहेको स्रोतले जानकारी दियो । सम्भवतः उनी अब रास्वपामै रहनेछिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖