• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापालाई पत्नी अञ्जनाको भावनात्मक सन्देश : जोखिम ठुलो छ, तर तिमी एक्लो छैनौ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी डा अञ्जना केसीले गगनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश लेखेकी छन्।

उनले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै गगनले उठाइरहेको कदममा ठुलो जोखिम रहेको भए पनि उनी एक्लो नरहेको बताएकी छन्। अञ्जनाले सुन्दर नेपालको सपना देख्ने अनगिन्ती नागरिकको साथ गगनसँग रहेको उल्लेख गरेकी छन्।

अञ्जनाले लेखेकी छन्, ‘मलाई थाहा छ दाउ धेरै उच्च छ र तपाईँले लिइरहनुभएको जोखिमको गहिराइ म बुझ्छु। तर कृपया यो जान्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। भोलिको सुन्दर नेपालको सपना देख्ने अनगिन्ती मानिसहरूको आशा र समर्थन तपाईंको साथमा छ।’

उनले गगनले देखाएको साहस र जनताले उनीमाथि गरेको विश्वास खेर नजाने विश्वास लिएकी छन्। अहिलेको समय र गगनको आवाजको ठुलो महत्त्व रहेको भन्दै उनले परिवर्तनप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖