• Sunday 4th of October 2026

प्रशान्त तामाङले इण्डियन आइडल जित्दाको क्षणलाई सम्झँदै ज्योती कुमाल यसो भन्छिन्…


  • धनकुटा खबर
  • .

आज दिवंगत भएका लोकप्रिय गायक, पूर्व इन्डियन आइडल प्रशान्त तामाङले इण्डियन आइडल जित्दाको क्षणलाई सम्झँदै ज्योती कुमाल भन्छिन् –

“मलाई आज पनि त्यो दिन झल्झली याद आउँछ। हामी कक्षा ९ मा पढ्थ्यौँ। घरभाडामा बस्दाका ती दिनहरूमा हाम्रो कोठामा टिभी थिएन, तर तल्लो तलामा बस्ने साथीको कोठामा एउटा सानो टिभी थियो।

इन्डियन आइडल भनेपछि हुरुक्कै हुने, त्यसमाथि प्रशान्त तामाङ नेपाली—एक एपिसोड पनि छुटाउने कुरै थिएन। हरेक भाग नछुटाई हेर्थ्यौँ।
जब उनले इन्डियन आइडल जिते, त्यो रात आज पनि आँखाअगाडि ताजै छ। रातको १२-१ बजिसकेको थियो।

काठमाडौँका गल्ली-गल्लीमा कसैले थाल ठटाइरहेका थिए, मोबाइल भएका मानिसहरू लाइट बालेर सडकमा निस्किएका थिए। त्यो खुसी, त्यो गर्व, त्यो सामूहिक उत्सव—आज पनि सम्झँदा मन आनन्दित हुन्छ।
तर के गर्नु, मृत्यु त हाम्रो बसको कुरा होइन रहेछ। समयले सबै कुरा बदलिदिँदो रहेछ, सम्झनाहरू मात्रै बाँकी राखेर। सायद इन्डियन आइडल को त्यो क्रेज अब फेरि देख्न पाइँदैन। सधैँ सम्झनामा। 😭

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖