नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हालसम्म २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् ।
आइतबार राति ९ बजेसम्म उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरूले आफ्नाे नाम दर्ता गराएका हुन् । आज उद्घटनसत्र सकिएकाे छ भने बन्दसत्र भोलि (सोमबार) बिहान १० बजेबाट सुरु हुने छ । नेता युवराज पाण्डेयका अनुसार ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी भएका हुन् ।
उपत्यकाबाट १७८ जना सहभागी भएका छन् भने भ्रातृ, सुभेच्छुक र जनसम्पर्कबाट १ सय ९५ जना सहभागी भएका छन् ।
कुन प्रदेशबाट कति ?
कोशी– ४२५
मधेश– ४४६
बागमती–४३२
गण्डकी– २९६
लुम्बिनी– ३९८
कर्णाली– १३४
सुदूरपश्चिम– १५८
देशभर कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये २ हजार २ सय ८९ जना सहभागी भएका हुन् । प्रतिनिधिहरू अध्यावधिक हुने क्रम जारी रहेको एक नेताले बताए ।
