• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच व्याप्त विवाद निरूपणको अन्तिम प्रयास भइरहेको छ। टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराज जाँदै छन्।

सहमति जुटाउने अन्तिम प्रयासस्वरुप थापा र शर्माले देउवालाई भेट्न लागेका हुन् । त्यो वार्तामा पनि कुरा नमिलेमा आआफ्नो बाटो लाग्ने नेताहरू बताउँछन्।

दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖