काठमाडौ । नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा भएको भन्दै देउवाको हस्ताक्षर विनाको टिकटमा आफू चुनाव नलड्ने घोषणा गरेका छन् ।
२०७९ को चुनावमा रामेछापबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुष २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
