• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एक दर्जन बैंकले घटाए ब्याजदर, कुनले कति ब्याज दिन्छन् ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । एक दर्जन बैंकहरुले माघका लागि ब्याजदर घटाएका छन् । अधिक तरलता चुलिएका कारण बैंकहरुले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् ।

पुस तुलनामा माघ महिना ब्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर ०.१४ प्रतिशत बिन्दु घटेको छ । पुस महिनामा यस्तो औसत ब्याजदर ४.८ प्रतिशत बिन्दु थियो । माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा कृषि विकास बैंक, एभरेष्ट बैंक,सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । यीमध्ये सबैभन्दा बढी ब्याजदर घटाउनेमा हिमालयन र माछापुच्छ्रे बैंक रहेको छ ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४ दशमलव ४० प्रतिशत, एभरेष्ट बैंकले ४ दशमलव ४० प्रतिशत, कुमारी बैंक ४ दशमलव ४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४ दशमलव ४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४ दशमलव ५० प्रतिशत, प्रभु बैंकले ४ दशमलव ५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ दशमलव ५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४ दशमलव ५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ५ दशमलव १० प्रतिशत, ग्लोवल आइएमई बैंकले ५ दशमलव ५० प्रतिशत, नबिल बैंकले ४ दशमलव ५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४ दशमलव ५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।

यता प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४ दशमलव ४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४ दशमलव २५ प्रतिशत ब्याज दिएको थियो । माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई नै कायमै राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖