• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवा नेतृत्वको कार्यसमिति पहिला नै भङ्ग भइसक्यो, निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुन्छः गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवशेनको हलमा सम्बोधन गर्दै महामन्त्री थापाले अब विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुने बताएका हुन् ।

‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ । सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले निर्वाचन आयोग र नेपालको संविधानप्रति विश्वास रहेको बताउँदै विधानअनुसार भएको विशेष महाधिवेशनले मान्यता पाउने विश्वास व्यक्त गरे । उनले आफूलगायतका पदाधिकारीलाई गरिएको कारबाहीसमेत वैध नरहेको बताए । कारबाही अगाडि स्पष्टीकरण सोध्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖