• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले बन्दसूचीबाट हटाइएपछि टासी ल्हाजोमको आपत्ति, कानूनी प्रक्रियामा जाने चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाको बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोमले आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् । आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको भन्दै उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएकी छन् ।

विभिन्न विवादका कारण रास्वपाले टासीको नाम बन्दसूचीबाट हटाएको समाचार आज नेपाल प्रेसले प्रकाशित गरेको थियो । टासीको नेपाली नागरिकता विवादित छ भने उनी फ्री तिब्बत पक्षधर रहेको आरोप लागेको छ ।

फेसबुकमा टासीले लेखेकी छन्, ‘समाचार सत्य हो भने, मैले मेरो नाम बन्द सूचीबाट फिर्ता लिएको छैन, न त यो कार्यमा मेरो कुनै संलग्नता छ । मैले बारम्बार दोहोर्‍याएकी छु र फेरि भन्छु कि म तिब्बती होइन । म कुनै पनि तरिकाले ‘फ्री तिब्बत’ अभियानसँग जोडिएको छैन । मेरो तिब्बतीनय प्रेमीसमेत छैन ।’

आफूलाई आरोप लगाउनेलाई उनले प्रमाण देखाउन चुनौती दिएकी छन् ।

उनी थप्छिन्, ‘आफ्नो प्रमाण सार्वजनिक गर्नुहोस् । नेपालको सार्वभौम मुलुककी नागरिकको हैसियतले मलाई नेपालको संविधानले प्रत्याभूत गरेका सबै अधिकारहरू प्राप्त छन्, जसमा निर्वाचन लड्ने अधिकार पनि समावेश छ, चाहे प्रत्यक्ष होस वा समानुपातिक । कसैले पनि मेरो यो संवैधानिक अधिकारलाई अस्वीकार गर्ने वा बाधा पुर्‍याउने प्रयास गरेमा म कानुनी कारबाहीमा जानेछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖