• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस अब कांग्रेसीको मात्र होइन जनताको पार्टी बन्यो:जेनजी अभियन्ता तनुजा पाण्डे


  • धनकुटा खबर
  • .

काठमाडौ । जेन–जी अभियान्ता तनुजा पाण्डेले नेपाली कांग्रेसको नयाँ सभापति चयनप्रति खुसी व्यक्त गरेकी छन्। उनले यस घटनालाई नेपाली कांग्रेसका लागि मात्र नभई सारा जनताका लागि पनि ऐतिहासिक मोडको रूपमा व्याख्या गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले नेपाली कांग्रेस अब सीमित कांग्रेसीहरूको मात्र नभई सम्पूर्ण जनताको पार्टी बनेको बताएकी छन्। “नेपाली कांग्रेस आजबाट कांग्रेसीहरूको मात्र होइन, सारा जनताको पार्टी बनेको छ। जमेको पोखरी आजबाट नदी बनेको छ,” उनले लेखेकी छन्। उनले यो नदीलाई अझै कञ्चन बनाउने जिम्मेवारी गगन, विश्व, पुष्पा, प्रदीप, गुरुहरूको पुस्ता र त्यसपछि आउने पुस्ताको सहकार्यबाट मात्र सम्भव हुने उल्लेख गरेकी छन्।

तनुजा पाण्डेका अनुसार कांग्रेसमा आएको नेतृत्व परिवर्तन केवल पार्टीगत परिवर्तन होइन, समग्र लोकतन्त्रको जीत हो। उनले यसलाई नयाँ युगको सुरुवातका रूपमा चित्रण गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।

उनले भदौ २३ मा जेन–जी नवयुवाहरूले गरेको विद्रोहले आजको परिवर्तनको आधार मजबुत बनाएको पनि उल्लेख गरेकी छन्। इतिहासका कमजोरी र भूलहरू सुधार गर्दै नवीन सोच र नेतृत्वमार्फत लोकतन्त्रको दियो निरन्तर बालिराख्नु अहिलेको प्रमुख दायित्व भएको उनको भनाइ छ।

तनुजा पाण्डेको यो अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्रको पुस्तान्तरण, राजनीतिक रूपान्तरण र जेन–जी पुस्ताको बढ्दो प्रभावसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖