• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय समितिको बैठक पार्टी प्यालेसमा जारी छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।

संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

गगन आधिकारिकता दाबीसहित निर्वाचन आयोग जाने तयारीमा छन् । बैठकले आगामी रणनीति तय गर्ने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖