• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एक्लिँदै देउवा, एक दिनमै थुप्रै शीर्ष नेताले छाडे साथ


  • धनकुटा खबर
  • .

काठमाडौ । आफैंले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्कालाई सारथी बनाएर पार्टीको विशेष महाधिवेशन गर्ने पक्षका शीर्ष नेताहरूलाई कारवाही गर्दै आफैं नेपाली कांग्रेसको सभापति भएको दाबी गरेका शेरबहादुर देउवा एक्लिन थालेका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई वैधानिकता दिनु अघिसम्म विशेष महाधिवेशनलाई अवैध ठहर गर्ने, दुई महामन्त्री र एक सह महामन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने लगायतका निर्णयमा देउवालाई साथ दिएका नेताहरू क्रमशः नवनिर्वाचित नेतृत्वलाई स्वीकार गर्ने लाइनमा पुगेका छन् ।

१४ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका शेखर कोइरालाको प्यानल नै देउवासँग अलग्गिने तयारीमा छ । शनिबार बिहान छुट्टै भेला गरेको यो समूह देउवा पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुन समेर अस्वीकार गरेर अलग भइसकेको छ ।

पूर्व सभापति गिरिजापरसाद कोइरालाकी छोरी तथा संस्थापन पक्षलाई बलियो साथ दिइरहेकओ केन्द्रीय सदस्य सुजाता कोइराला पनि नयाँ नेतृत्व स्वीकार गर्नुपर्ने पक्षमा खुलेकी छिन् । शनिबार उनले भिडियो सन्देशमार्फत स्पष्ट शब्दमा भनिन् ‘परिवर्तनलाई हाँसेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।’

कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्य रामहरि खतिवडाले पनि स्पष्ट रूपमा निर्वाचन आयोगले गरेको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । हिजोसम्म देउवा पक्षमा रहेका खतिवडाले भने, ‘निर्वाचन आयोगले गरेको निर्णय मानेर कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्छ ।’ उनले एकतामा जोस डिएसँगै उनी गगनलाई नै सभापति मान्न तयार रहेको स्पष्ट भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖