• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नेकपा का झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि)द्वारा पार्टी परित्यागको घोषणा


  • धनकुटा खबर
  • .

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले पार्टी परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी छाडेको जनाएका हुन् ।

‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’ उनले लेखेका छन्, ‘२७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ ।’

उनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छोडेको हुन सक्ने निकटस्थहरूले बताएका छन् । आचार्य आफैंले भने यो विषयमा थप कुरा गर्न चाहेनन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖