• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सञ्चारमन्त्री जगदीश खरेलले रास्वपा प्रबेश गर्दै, ललितपुर–२ बाट चुनाव लड्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर–२ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् ।

रास्वपा स्रोतका अनुसार सभापति रवि लामिछाने सँगको निर्णायक छलफलपछि खरेललाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने सहमति भएको हो ।

चुनावी संकेत दिँदै खरेलले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भावी सरकारमा सञ्चारकर्मीको प्रतिनिधित्व आवश्यक रहेको बताएका छन् ।

उम्मेदवारी दर्ताको अन्तिम तयारीमा जुटेका खरेलले माघ ६ गतेअघि नै मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖