• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चुनावपछिको प्रधानमन्त्री गगन थापा नै हुन् : सुनिल शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै हुने स्पष्ट दाबी गरेका छन्। नेपाली क्रिकेट टोली विश्वकप खेल्न जाने अवसरमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले चुनावपछि प्रधानमन्त्रीका रूपमा गगन थापाबारे कुनै पनि द्विविधा नरहेको बताए।

उनले नेपाली कांग्रेस विभाजित नभई अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको स्पष्ट पारे। नयाँ नेतृत्वले पार्टीलाई पुनः एकताबद्ध गर्दै अघि बढाउने विश्वास व्यक्त गर्दै शर्माले लोकतन्त्रमा गुट र प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे। पार्टी विधि र विधानअनुसार अघि बढ्ने उनको भनाइ थियो।

निर्वाचन आयोगले गरेको निर्णय स्वीकार्नुको विकल्प नरहेको बताउँदै शर्माले अब सबै नेता तथा कार्यकर्ताले व्यक्तिगत अहंकार त्यागेर निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले पार्टीलाई जिततर्फ लैजान गाउँ–गाउँ पुगेर मतदाता भेट्नुपर्ने आवश्यकता औँल्याए।

साथै शर्माले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि चुनावी गठबन्धनमा नजाने स्पष्ट संकेत दिएका छन्। पार्टी आफ्नै बलमा चुनाव लडेर जनताको विश्वास जित्ने रणनीतिमा रहेको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖