• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेका लागि तोकियो पेसी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छन् । सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आजै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएका छन् ।

निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖