• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राप्रपाबाट टिकट पाएसँगै स्वागत नेपाल झापा–२ मा सभामुख घिमिरेविरुद्ध मैदानमा


  • धनकुटा खबर
  • .

झापा । ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बन्न लागेका हुन्।

अधिवक्तासमेत रहेका नेपालले सोमबार राप्रपाको केन्द्रीय कार्यालयमा झापा–२ का लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीलाई बलियो राष्ट्रवादी केन्द्र र निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो कदम चालिएको हो।

स्वागत नेपाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–२ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी हालका सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए।

त्यसबेला घिमिरेले २६ हजार ६९७ मत ल्याएर विजयी हुँदा नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका थिए।

यसपटक पनि झापा–२ मा पुनः प्रतिस्पर्धा दोहोरिने देखिएको छ। एमालेले सभामुख घिमिरेलाई यही क्षेत्रबाट शनिबार पुनः टिकट दिएको छ।
झापा–२ मा स्वागत नेपाल र देवराज घिमिरेबीच फेरि कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖